काठमाडौं– सञ्चार सेवाको पहुँच सदैव अत्यावश्यक हुन्छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटले विश्वलाई नै चुनौती दिइरहेको अवस्थामा सञ्चार सेवा माथि निर्वाध पहुँच झनै महत्वपूर्ण हुन्छ ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले आफ्नो कार्यस्थल नगई प्रविधिको प्रयोग गर्दै घरबाटै काम गर्न सक्षम हुनुपर्ने नयाँ चुनौती खडा गरेको छ । यस संकटको घडीमा आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन ग्राहकहरु सञ्चार सेवामा निर्भर छन् ।

यस संकटको अवस्थामा एनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिवद्घ छ । कोरोनाभाइरस रोगबाट बच्न अहिलेको यो परिस्थितिको माग भनेको सामाजिक र भौतिक दुरी कायम गर्दै भीडभाडबाट टाढा रहनु हो ।

यस्तो विपद्को बेलामा एक अर्कासँग सम्पर्कमा रहिरहन सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले सञ्चार सेवाको पहुँचलाई अझै सरल र सुलभ बनाउँदै ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ ।

ब्यालेन्स ट्रान्सफर सेवाअन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्यतथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन् ।

हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको छ ।

प्रिपेड ग्राहकले रु १० देखि रु ५०० सम्मआफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् ।

ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन् । एस्ट्रि«क्स १७१२२ एस्ट्रि«क्स पाउने व्यक्तिको मोबाइल नम्बर एस्ट्रि«क्स ट्रान्सफर गर्ने रकमह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् ।

त्यस्तै एनसेल सापटी सेवाअन्तर्गतको सापटी रकमलाई बढाएको छ । यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म सापटी लिन सक्नेछन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स नपुग भएमा ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी मात्र रु २ सेवा शुल्कमा सापटी लिन सक्नेछन् ।

त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशत सम्म बोनस पाइने योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् ।

प्राप्त बोनस रकम एनसेल नेटवर्कभित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । जस्तै यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५ प्राप्त गर्ने छन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५० प्राप्तगर्नेछन् । बोनस रकम सोहि दिनको मध्य राती सम्म मान्य हुनेछ ।

यति मात्र हैन, यस विपद्को घडीमा कार्यालयको काम काज घरबाटै पुरा गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याक ‘स्टे होम प्याक’ ल्याएको छ ।

ग्राहकले कर बाहेक मात्र रु २३० ९कर सहित २९३।६९० मा यो प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा ९टुजी, थ्रिजी र फोरजी० मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र लागु हुनेछ । यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा डाटा प्रयोग गनपर्ने हुन्छ ।

ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी स्टे होम विकल्प छनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन् । प्याकअन्तर्गतको डेटा भोलुम सकिए पछि विद्यमान पे एज यु गो अनुसारको डाटा शुल्क लाग्नेछ ।

एनसेलको यो योजनाअन्तर्गतको सबै अफरहरु ३० दिनका लागि संचालनमा रहने छ ।

तपाईको प्रतिक्रिया