काठमाडौँ /सरकारले कोरोना संक्रमणलाई ध्यान दिँदै फलोअप, निर्धारित शल्यक्रिया र होलबडीको स्वास्थ जाँच दुई साताका लागि रोक्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार यी तीन कार्य बन्द गर्दा कोरोना रोकथाम हुने विश्वास गरिएको हो।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शल्यक्रिया रोक्दा आइसियु खाली हुने र त्यो कोरोनाका बिरामीका लागि उपयोगी हुने बताए। आइसियु वेडको व्यवस्थापन गर्न नसकेको आरोप लागिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। मन्त्रालयले बिहीबार गरेको उक्त निर्णयबारे शुक्रबार निजी अस्पताल सञ्चालकहरुलाइ बोलाएर जानकारी गराएको छ।

यो निर्णय शुक्रबारदेखि नै सरकारी, निजी र सामुदायिक अस्पतालका लागि लागू भएको देवकोटाले बताए।

तपाईको प्रतिक्रिया