सुनसरी,६ चैत्र । सुनसरीको इटहरीमा सम्पन्न शम्भु वास्तोला स्मृति प्रथम प्रदेस स्तरिय नकाउट फुटसल प्रतियोगताको उपाधि पाथिभरा फुटसल इटहरीले जितेको छ ।
इटहरी १० मा रहेको एसडी फुटसलमा सम्पन्न खेलमा पाथिभरा फुटसल इटहरीले बिग फुटसल धरानलाई चार एक गोल अन्तरले हराउदै उपाधि जितेको हो ।
प्रदेस नम्बर १ का विभिन्न १२ वटा फुटसल टिमको सहभागिता रहेको पहिलोे शम्भु वास्तोला स्मृति प्रदेस स्तरिय फुटसल प्रतियोगितामा पाथिभरा फुटसल इटहरीले रणभुमि फुटसल दमकलाई सेमीफाइनलमा हराउदै फाइनल प्रवेश गरेको थियो भने विग फुुटसल धरानले बुढा सुब्बा फुटसल धरानलाई हराउदै फाइनमा पुगेको थियो । प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल क्रिकेट संघ क्यानका पुर्व केन्द्रीय सदस्य लक्ष्मण बास्तोला , इटहरी उपमहानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष हिरा दाहाल , एसडी फुटसल सञ्चालक विष्णु रिजाल, फुटसलका कोषाध्यक्ष मुरारी अधिकारी लगायतले पुरस्कार वितरण गरेका गर्नु भएको थियो । विजेता टिमलाई नगद ३० हजार सहित शिल्ड , प्रमाण पत्र खेलकुद सामाग्री र उपविजेतालाई नगद २० हजार ,शिल्ड ,प्रमाण पत्र र विभिन्न खेलकुद सामाग्री प्रदान गरिएको आयोजक समिप बास्तोलाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया