सुनसरी,१० फागुन । शनिबारबाट सुरु गोल्डकपको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै युकेएफसीले बिजयी सुवात गरेको हो ।

निध्रारित समय गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टी सुटआउटमा युकेएफसीका लागि कप्तान वेरिन प्रधान, सिदान्त क्षेत्री, प्रशान्त राई र प्रयास प्रधानले गोल गरे ।

धरानका लागि कप्तान हेमन्त थापामगर र मनिस गुङले गोल गरे ।

बिक्रम लिम्ब’को प्रहार य’केएफसीका गोल रक्षक राजा बर्मनले रोकेका थिए । मनोज राईको प्रहार भने क्रस बारमा लागेर फर्किएको थियो ।

खेलको म्यान अफ द म्याच युकेएफसीकाका वाङदेन तामाङ भए । दुई गोल भएको खेलमा बेष्ट गोलको पुरस्कार धरान फुटबल क्लबका सुनिल खड्काले प्राप्त गरेका थिए ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राइले उद्घाटन खेलको पहिलो हाफको ३४ औं मिनेटमा धरानका लागि सुनिल खड्काले गोल गरेका थिए ।

पहिलो हाफको ३४ औ मिनेटमा अघि रहेको धरानले अन्तिम समयसम्म अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिएको हो । खेलको ७४ औं मिनेटमा युकेएफसीका लागि सिदान्त क्षेत्रीले गोल गरेका थिए । थप समयमा गोल हान्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउट मार्फत लिइएको थियो ।

तपाईको प्रतिक्रिया