इटहरी । होटल व्यवसायी संघ इटहरीले दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पर्यटन व्यवसायीको रुपमा स्थापना भएका होटल व्यवसायीहरुले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सहित इटहरीमा रहेको पर्यटकीय क्षेत्र तालतलैयामा आफ्नो वार्षिक साधारण सभाको आयोजना गराका हुन् ।
इटहरीमा सञ्चालन भईरहेका होटल व्यवसायीहरुको हकहितको लागी काम गर्दैै आएको संघले बिभिन्न समयमा सामाजिक काम गर्दे आएको र होटल व्यवसाय भनेको चुनौतिको व्यवसाय पनि भएको कारण यो व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन पनि यो संघले काम गरेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए ।

अतिथिको सत्कार देखि सुरक्षा सम्म होटलले व्यवस्थापन गर्नु पर्ने र यसले आफ्नो ठाउको पनि पहिचान दिलनाउे भएको कारण यो व्यवसाय निकै चुनौति भएको होटल व्यवसायीहरुले बताएका छन् ।
व्यवसायी संघको पहलमा बिभिन्न समयमा रक्तदान, पर्यटन बिकासका लागी बिभिन्न कार्यक्रम, सडक सरसफाई, तथा अभिमुखिकरण तालीम लगायत अन्य कामको जानकारी बार्षिक प्रतिवेदन मार्फत संघका महा सचिव उमेश दाहालले गराएका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने, होटल व्यवसायी महासंघ प्रदेश एकका अध्यक्ष मण्न्द्रि कटुवाल ,उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिवश पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया