काठमाडौं – चिनी उद्योगी एवं नेपाली कांग्रेसका सांसद वीरेन्द्र कनौडियाले उखु किसानको खातामा १२ करोड रुपैयाँ जम्मा गरिदिएका छन् । उनले उक्त रकम जम्मा गरेर पार्टी केन्द्रीय कार्यालयलाई त्यसबारे जानकारी दिएका छन् ।
कनौडियाले अब चुक्ता गर्न ६ करोड बाँकी जनाउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धता पनि पार्टीसँग गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उखु किसान राजधानी आएर आन्दोलन गरेपछि सरकारले चिनी मिल मालिकप्रति कडाइ गरेको थियो । त्यसपछि उनीहरुले पुस २५ भित्र सबै किसानहरुको हालसम्मको कुल बक्यौता रकममध्ये ८० प्रतिशत र आगामी माघको पहिलो सातासम्म सम्पूर्ण रकम चुक्ता गर्न सहमत भएका थिए ।

तपाईको प्रतिक्रिया