इटहरी÷पूर्वकै व्यवसायिक घराना गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक वलराम आचार्यले आजदेखी सुनसरीको इटहरीमा सुविधायुत्त गोरर्खा होटलको सुभारम्भ गरेको छ ।
डिपार्टमेन्ट स्टोरसँगै डेरी उद्योग अर्गा्निक कृषि उत्पादन, बेकरी,दुग्धजन्य उत्पादन, पानी समेत उत्पादन गर्दै आएको आचार्यले पुर्वकै सुविधा सम्पन्न गोरर्खा होटलको सुरुवात गरेको हो । गोर्खा होटलका सञ्चालक वलराम आचार्य तथा उधोग वाणिज्यं सघं इटहरीका अध्यक्ष भिम पौड्लेले आज एक कार्याक्रमका विच रिवन काटेर होटलको औपचारिक उदघाट्न गर्नु भएको हो ।
गोर्खा होटलमा जम्मा ४२ कोठा रहनेछन् । त्यसमा रेष्टुरेन्ट, वारसमेत रहेको छ । ५० जनाको मिटिङ्ग हल रहेको होटलमा स्विट्स रुम, डिलक्स, एक्ज्युकेटिभ समेत रहेको छ ।
पूर्वाञ्चलमा यतिबेला अन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । यस क्षेत्रका व्यवसायीहरुले प्रसस्तै होटल सञ्चालनमा ल्याए तापनि प्रयाप्त मात्रमा छैनन् । त्यसबाट ग्राहकहरुले पाउने न्युनत्तम सुविधाहरु समेत अपुग रहेका छन् ।
पुर्वकै नमुना होटलको रुपमा रहेको गोर्खा होटलले यस क्षेत्रको पर्यटनमा टेवा पुर्याउने उधोग वाणिज्य सघं इटहरीका अध्यक्ष भिम पौड्लले आशा व्यत्त गर्नु भयो । पुर्वी नेपालका प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीहरु ,राजनैतिक तथा सामाजिक क्षेत्रका विशिष्ठ व्यत्ति,उधोगी व्यापारी तथा अन्य पेशाकर्मीहरुलाइ चरणवद्ध रुपमा आमन्त्रण गरी सप्ताहव्यापी होटल उदघाटनको कार्याक्रमको अयोजना गरिने सञ्चालक आचार्यले जानकारी दिनु भएको छ । त्यस अवधिमा होटल तथा रेष्टुरा तथा लिकर्समा विषेश छुट समेत दिने आचार्यले बताउनु भयो ।

तपाईको प्रतिक्रिया