काठमाडौं – चीनको दवावमा तत्कालीन एमाले र माओवादी केन्द्रलाई पार्टी एकीकरण गरेको चर्चा सेलाउन नपाउँदै उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०लाई पार्टी एकीकरणको लागि दवाव दिएको खुलासा भएको छ ।

राजपा र समाजवादी पार्टीलाई पार्टी एकीकरण गर्न दवाव दिएको स्रोतले जनाएको छ । दुबै दलले पार्टी एकीकरणका लागि भनेर वार्ता समितिहरू बनाएका छन् ।

वार्ताका लागि परामर्शहरू भएपनि ठोस सहमति हुन सकेको छैन । उपेन्द्र यादवको दवावमा राजपालाई समाजवादी पार्टीमा समायोजन गर्ने गरेर तयारी भएको छ ।

चीन निकट मानिने उपेन्द्र यादवले राजपा नेपालको अध्यक्षमण्डका सदस्य शरतसिंह भण्डारी र महासचिव केशव झामार्फत राजपालाई आफ्नो पार्टीमा मिसाउन खोजेको स्रोतले जनाएको छ ।

चीन निकट मानिने राजीव झामार्फत शरतसिंह भण्डारी र महासचिव केशव झाले राजपाभित्र भाँडभैलो मच्चाएर उपेन्द्र यादवको पार्टीमा राजपा नेपाललाई मिसाउन खोजेको भनेर आलोचना भएको छ ।

गत शुक्रबार ललितपुरको हात्तिबनस्थित उपेन्द्र यादवको निवासमा बा १४ च २९८० नम्बरको हुण्डाइ गाडीमा आएका चीन निकट मानिने व्यक्तिहरूले पार्टी एकता गर्न दवाव दिएको स्रोतले जनाएको छ ।

सोही बेला राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारीसहितका नेताहरू उपेन्द्र यादवसँग कुराकानी गर्दै थिए । चिनियाँ प्रतिनिधिहरूलाई देखेपछि महन्थ ठाकुर ‘मेरो दाँत दुख्यो’ भनेर उपेन्द्र यादवको घरबाट निस्किएका थिए ।

राजपालाई चीनको दवावमा मिसाउन खोजेपछि राजकिशोर यादव र अनिलकुमार झाले कसैको दवावमा पार्टीलाई उपेन्द्र यादवको दलमा मिसाउन नसकिने भनेर अडान राख्दै आएका छन् ।

तर, शरतसिंह भण्डारी, महेन्द्र राय यादव र राजेन्द्र महतो उपेन्द्र यादवसँग मिलेर जाने पक्षमा देखिएको स्रोतले जनाएको छ । महन्थ ठाकुर यस विषयमा केही बोलेका छैनन् ।

तपाईको प्रतिक्रिया