काठमाडौं, २८ साउन । उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका प्रतिनिधि सभाका सांसद सूर्यनारायणा यादवले राजीनामा दिएका छन् ।

प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सांसद यादवले सोमबार राजीनामा दिएका हुन् । उनले सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका छन् ।

उनले आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको जनाएका छन् ।

उनले आफूलाई डाइबिटिज लगायत समस्या रहेको बताएका छन् । सांसद यादवले भने, ‘आराम गर्न पदबाट राजीनामा दिएको हुँ ।’ यादव सप्तरीमा नाम चलेका डाक्टर हुन् ।

यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ । त्यसपछि पुनः चुनाव गराउनुपर्छ । हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ ।

तपाईको प्रतिक्रिया