पहिलो संविधानसभामा मनोनीत सभासद बनेकी एमाले नेतृ भगवती चौधरी झलनाथ खनाल नेतृत्वको सरकारमा राज्यमन्त्री भएकी थिईन्। २०७० को निर्वाचनमा सुनसरी–३ मा एमाले उम्मेदवार रहेकी उनी तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष विजय गच्छदारसँग पराजित भइन्। दोस्रो संविधान सभा निर्वाचनमा पराजित गरेका गच्छदारसँग प्रतिस्पर्धा गर्न एमालेले यस पटकपनि उनैलाई सुनसरी–३ मा प्रत्यासी बनाएको छ। यसै विषयमा चौधरीसग गरिएको कुरकानी
सुनसरी–३ मा चुनावी माहोल कस्तो बन्दैछरु

हामी प्रचार–प्रसारमा छौँ। जनताबाट आशा गरे अनुरुप नै सहयोग पाएकी छु। जनता यस्तो नेताको खोजीमा छन्, जसले व्यक्तिगत स्वार्थका लागि होइन, जनताको स्वार्थका लागि काम गरोस्। यस हिसावले मेरो उम्मेदवारीप्रति जनता सकरात्मक देखिएका छन्।

कस्तो आउला त नतिजा त्यसो भए ?

यस पटक चाहिँ जित्ने विश्वास लिएकी छु। यहाँका जनताका लागि धेरै काम गर्न सकेकी छु। एक त म वामगठबन्धनको उम्मेदवार हुँ। अर्कोतिर राप्रपादेखि नयाँ शक्ति र अन्य साना दलका स्थानीय नेताहरु एमालेमा प्रवेश गरेका छन्। त्यसैले सहज रुपमा विजयी हुन्छु।

विजयकुमार गच्छदारलाई हराउन यति सजिलो छ र ?

गच्छदार धेरैपटक मन्त्री, उपप्रधानमन्त्री बन्नुभएको छ। कहिल्यै निर्वाचन हार्नुभएको पनि छैन। तर सुनसरीका जनताले उहाँबाट के पाए तरु मतदाताको दिमागमा यही कुरा घुमिरहेको छ। उहाँले छानी–छानी मन्त्रालय पाउनु भएको छ। तर त्यो अवसरलाई आफ्नालागि मात्र प्रयोग गर्नुभयो। जनताका लागि प्रयोग गर्न सक्नुभएन। जुन अपेक्षा जनताको उहाँप्रति थियो, त्यो पुरा नभएकाले यस पटक सजिलै चुनाव जित्छु भन्ने लागेको छ।

गच्छदार कमजोर नै छन् त ?

उहाँले गर्ने निर्वाचन तयारी मलाई राम्रोसँग थाहा छ। मतदातालाई आफ्नो प्रभावमा पार्न उहाँ पैसाको साहारा लिनुहुन्छ। उहाँको भोट लान्ने पैसाले मात्र हो। जनताको घरदैलोमा जान उहाँसँग एजेन्डा नै छैनन्।

२०७० सालको संविधानसभा निर्वाचन हार्नुको कारण के थियो ?

मलाई हराउन निकै ठूलो राजनीतिक चलखेल भयो। म जम्मा ३ सय ६२ मतले मात्र हारेको थिएँ। गच्छदारलाई जिताउन बदर भएका मतलाई समेत सदर गराइयो। यो कुरा सुनसरीका जनतालाई थाहा छ।

तपाईंका एजेण्डा चाहिँ के छन्र ?

मेरो मुख्य एजेन्डा युवा स्वरोजगार हो। यहाँका जनताले राम्रो शिक्षा पाएका छैनन्। स्वास्थ्य सेवा पाएका छैनन्। उनीहरुलाई प्रविधिक शिक्षा सर्वसुलभ गराउनु मेरो प्राथमिकता हो। यहाँका मुसहर मुसहर समुदाय भोकानाङ्गा छन्। उनीहरुका लागि लड्नु मेरो कर्तव्य र एजेण्डा दुवै हो। नेपाल खवरवाट

तपाईको प्रतिक्रिया