ध्रुव ढकाल
ईटहरी ।। नेपाली काँग्रेसले सुनसरी क्षेत्र नम्वर २ (क) बाट प्रदेश सदस्यको लागी हेमकर्ण पौडेललाई एक नम्वरमा सिफारीस गरेको छ । नेपाली काँग्रेस ईटहरी उपमहानगरपालीकाका सभापती समेत रहेका पौडेल प्रदेश सदस्यको लागी पहिलो रोजाई वनेका हुन् । यस अघि पौडेल स्थानीय तहको निर्वाचनमा मेयरको दावेदार रहेका थिए ।
राजनीती क्षेत्रमा निकै प्रभावकारी मानीने पौडेल नगरभरी विकास प्रेमी नेतामा पनि गनीने गर्दछन् । युवा देखी जेस्टनागरीक सवैको रोजाईमा पर्ने हेमकर्ण पौडेलको प्रदेश सदस्यमा पहिलो नम्वरमा नाम सिफारीस भए सँगै स्थानीय कार्यकर्ता पनि हर्सीत रहेका छन् ।
नगरभरी काँग्रेसको राम्रो माहोल वनाएका पौडेलले स्थानीय तहमा मेयरको टिकट नपाउदा कार्यकर्ता सडकमै उत्रेर आन्दोलन गरेका थिए । मेयर जित्ने उमेदवार लाई टिकट नदिएको भन्दै कार्यकर्ताले काँग्रस पार्टीकार्यालय नगर, क्षेत्र र जिल्लामा ताला वन्दी समेत गरेका थिए । हजारौंको सँख्यामा हेमकर्णको समर्थमा आएका कार्यकर्ताले केन्द्रको निर्णय नमान्ने हेमकर्ण वाहेक लाई मत नहाल्ने समेत वताएका थिए । तर नगरसाभापती समेत रहेका पौडेलले आन्दोलीत हजारौं कार्यकर्ता लाई सम्वोधन गर्दै केन्द्रको निर्णय मान्न आग्रह गर्दै पार्टी भन्दा आफु ठुलो नभएको र पार्टीको निर्देसन सवैले मान्नु पर्ने भन्दै निर्वाचनमा सवैलाई आ आफ्नो तर्फबाट लाग्न अनुरोध गरेक थिए ।
ईटहरीमा निकै कमजोर मानिएको काँग्रेस यसपटकको स्थानीय तहको निर्वाचनमा आएको मतले विपक्षीको तालु सुकेको थियो । काँग्रेसका पुराना नेताले समेत आएको मत देख्दा नगरसभापती हेमकर्ण पौडेलको खुलेर प्रसंसा गरेका थिए । कतीपयलेत मत आएको देख्दा हेमकर्ण चुनाव लडेको भए ३ हजार मत अन्तरले विपक्षी लाई जित्ने आकलन समेत लगाए । निर्वाचनमा रात विहान नभनी खटेका पौडेलले मेयर जिताउन नसके पनि ११ वडामा काँग्रेसको विजयी झण्डा फहराएका थिए । पौडेल लाई काँग्रेसका निकै शक्तिसाली नेताको रुपमा हेरिने गरीन्छ । विपक्षी लाई समेत आफ्नो प्रभावमा पार्ने क्षमता भएका पौडेल गाँउ देखी सहर सम्म चर्चामा रहेका छन् । यता बद्रीनारायण चौधरी, फुलराज सुवैदी र दिलकुमार वनको नाम केन्द्रिय समितिमा पठाईएको नेपाली काँग्रेस सुनसरी जिल्ला सभापती राजीव कोईरालाले वताएका छन् ।

तपाईको प्रतिक्रिया